सोलुको ४ स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालित, स्वास्थ्यले काट्यो पत्र

  हिमाल समाचार
5.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुको चार वटा स्वास्थ्य संस्थाले मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गत सोमबार गरेको स्वास्थ्य संस्था अनुगमनको क्रममा जिल्ला सदरमुकाम आसपासमा सञ्चालित ४ वटा स्वास्थ्य संस्थाले मापदण्ड नै पुरा नगरी सञ्चालन गरेको पाइएको हो ।

मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्थाहरुमा नेले सामुदायिक परोपकारी संस्था नेले, सोलु सामुदायिक अस्पताल जोरबौद्ध, सोलु हेल्थ क्यर जोरबौद्ध र दोर्पु स्वास्थ्य केन्द्र दोर्पु रहेका छन् ।

अनुगमनको क्रममा कम्जोरी भेटिएपछि स्वास्थ्य कार्यालय सोलुखुम्बुले कागजात पुरा गर्न एक हप्ताको अल्टिमेटमसहित चार वटै स्वास्थ्य संस्थालाई पत्र काटेको छ ।

तोकिएको समयमा समेत मापदण्ड पुरा नगरे कानुन अनुसार कारबाही प्रकृयामा अघि बढ्ने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउँनुभयो । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा कसैले पनि खेलवाड गर्ने छुट नभएकाले त्यसमा प्रशासन निर्मम ढंगले अघि बढ्ने उहाँले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार