मालपोत कार्यालय सोलुकोे राजस्व २ महिनामा ५७ लाख बढी

  दिपेन्द्र खनाल
98 Shares

सोलुखुम्बु – मालपोत कार्यालय सोलुखुम्बुले २ महिनामा ५७ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो २ महिनामा कार्यालयले ५७ लाख ४२ हजार ६ सय १६ रुपैयाँ राजस्व संकलन गरेको हो ।

साउन र भदौ महिनामा कार्यालयमा जग्गा सम्बन्धी भएका विभिन्न सेवाहरुबाट उक्त राजस्व संकलन भएको कार्यालयका प्रमुख युवराज भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा ३१ लाख २६ हजार ६ सय ९५ रुपैयाँ र भाद्रमा २६ लाख १५ हजार ९ सय २१ रुपैयाँ राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षमा जग्गा वर्गिकरणको काम सकिने र कित्ताकाट सम्बन्धी काम हुने उहाँको भनाई छ । हाल सम्म कार्यालयमा लिखत परित, धितोबन्धक, संसोधन, प्रतिलिपि लगायतबाट राजस्व संकलन भएको कार्यालय प्रमुख भुजेलको भनाई छ ।

यस्तै यो दुई महिनामा कार्यालयबाट १ सय ९९ वटा लिखत पारित गरेको छ भने ५१ वटा धितोबन्धक सम्बन्धी काम भएको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार