महाकुलुङमा ३ दिने लैंगिक समानता सम्बन्धी तालिम सम्पन्न

  हिमाल समाचार
168 Shares

साेलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बाल अधिकार सुरक्षा लैगिक समानता तथा समाबेशीता सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिकाका ८ विद्यालयका २४ विद्यार्थी सम्मीलित तालिम गत असोज ११ गते बिहीवारबाट सुरु भइ शनिबार सम्पन्न भएको हो ।

रिड नेपालले आयोजना गरेको उक्त तालिममा बाल अधिकार र यसको महत्त्व बाल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता र बाल विबाह, यसका नकारात्मक असरहरु तथा बाल क्षमता अभिवृद्धिका लागि बैठक माईनोटिङ लगायत विषयमा प्रशिक्षण गराइएको छ ।

तालिममा समापन कार्यक्रममा विद्यालयका शिक्षक, वालक्लवका प्रतिनिधी, विद्यालयका लैगिक परामर्श शिक्षक, रिड नेपाल बिषयगत कर्मचारी, जनप्रतिनिधि, पलिकाको शिक्षा तथा खेलकुद शाखा झमक बहादुर कटुवाल लगायतको उपस्थीति रहेको संवाददाता झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार