सगरमाथाको आधार शिविरमा राष्ट्रिय झन्डा फहराउने

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु – नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थरमा राष्ट्रिय झन्डा फहराउने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थरमा राष्ट्रिय झन्डा फहराउन लागेको बताएको हो ।

संघका महासचिव मोहन लम्सालले सन् २००९ को डिसेम्बर ४ मा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधार शिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झन्डा फहराउन लागेको जानकारी दिनुभयो । उहाँले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झन्डा फहराउन लागेको बताउनुभयो ।

शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झन्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको असर बारेमा सन्देश दिने अपेक्षा रहेको महासचिव लम्सालको भनाइ छ । उनले संघले ५० औँ स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसिक महिलालाई प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्वतीय पर्यटनमा नेपाली महिलाहरुको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहसिक महिला आरोहीलाई पुरस्कृत गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार