सडकमार्गबाट एकै सातामा झण्डै ४ सय विदेशी सोलुखुम्बु भित्रिए

  सुस्मा बस्नेत
707 Shares

सोलुखुम्बु – सडकमार्गबाट एकै हप्ता झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु जिल्ला भित्रिएका छन् । पछिल्लो एक सातामा गाडी मार्फत २४३ पुरुष र १०८ जना महिला गरी ३५१ जना विदेशी पर्यटक जिल्ला भित्रिएको ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ ।

सोही अवधिमा ५६ महिला र ६१ पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी बाहिरिएका छन् । पर्यटकीय सिजन भएकाले विदेशीहरु काठमाण्डौँबाट स्थलमार्ग मार्फत सल्लेरी हुँदै खुम्बु जाने पर्यटकहरु बढिरहेको ट्राफिक प्रहरी जिवन बस्नेतले जानकारी दिनुभयो ।

कतिपय पर्यटकहरु गाडी नै रिजर्भ गरेर आउने गरेको उहाँको भनाई छ । सल्लेरीबाट थामडाँडासम्म सडक सवारी सञ्चालन भएसँगै काठमाण्डौँबाट स्थलमार्ग हुँदै सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशीको संख्या बढिरहेका छन् ।

काठमाण्डौँबाट खुम्बु आउने पर्यटकहरुका लागि रामेछापको मन्थलीबाट लुक्ला उडान भईरहेका छन् । तर काठमाण्डौँबाट मन्थली र त्यहाँबाट लुक्ला जान झन्जट हुने भन्दै कतिपय पर्यटकहरु सडकमार्गको प्रयोग गर्न रुचाउन थालेका छन् ।

मन्थलीबाट समयमा उडान नहुने र त्यहाँ उपयुक्त खान बस्नको समेत व्यवस्था नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार