चार महिनामा फाप्लुबाट ६२ टन बढी कार्गो खुम्बु ढुवानी

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा ६२ हजार किलो बढी कार्गो खुम्बु ढुवानी गरिएको छ । विमानस्थलबाट अंग्रेजी वर्ष २०२३ को जुलाईदेखि अक्टोबर सम्ममा ६२ हजार ८ सय ३६ किलो सामाग्री हेलिकप्टर तथा जहाज मार्फत खुम्बु ढुवानी गरिएको हो ।

प्राधिकरणका एटिसी अफिसर प्रितम सापकोटाका अनुसार सबैभन्दा बढी सेप्टेम्बर महिनामा ३८ हजार १ सय ८६ किलो कार्गो ढुवानी गरिएको छ । जुलाईमा २ हजार २ सय २८ किलो, अगष्टमा ७ हजार ५ सय ७१ किलो र अक्टोबरमा १४ हजार ८ सय ५१ किलो कार्गो लुक्ला र स्याङ्बोचे ढुवानी गरिएको उहाँको भनाई छ ।

ढुवानी गरिएका सामाग्रीहरुमा दाल, चामल, तरकारी, अण्डा लगायत निर्माण सामाग्रीहरु जस्तापाता, काठ, सिमेन्ट, रड लगायतका रहेको प्राधिकरणले जनाएको छ । पर्यटकीय क्षेत्र खुम्बुलाई सडक मार्गले जोडिनसकेका कारण त्याहा खाद्यन्न, लत्ताकपडादेखि निर्माण सामाग्रीहरुको ढुवानीमा समेत हवाई मार्गको भरपर्नुपर्ने बाध्यता छ ।

जिल्ला सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी हुँदै विस्तार भएको सडकबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका १ को थामडाँडा सम्म मात्रै सवारी सञ्चालन हुँदै आएको छ । सडक विस्तार गर्ने क्रम जारी रहेकाले चालु आर्थिक वर्षभित्रै लुक्लालाई सडक मार्गले जोड्ने लक्ष्य राखेको छ । तर हालसम्म खुम्बु क्षेत्रमा सामाग्री ढुवानीको भरपर्दो माध्यमको रुपमा हवाई मार्गलाई नै लिदै आएइको छ ।

कतिपय सामाग्रीहरु काठमाण्डौँबाट सिधै हेलिकप्टर तथा विमान मार्फत ल्याउने गरिएको छ भने केही मात्रामा सदरमुकाम सल्लेरी स्थित फाप्लु विमानस्थलबाट पनि ढुवानी गर्ने गरिएको छ ।

विमान मार्फत ढुवानी गरिएका सामाग्रीहरु लुक्ला विमानस्थलमा पु¥याइन्छ भने हेलिकप्टरबाट ढुवानी गरिने कतिपय सामाग्रीहरु स्याङबोचेमा पनि पु¥याउने गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार