फेरिचेमा सकियो अग्नि नियन्त्रण तालिम

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – खुम्बु सरकारले साडे ४३ सय मिटर उचाईमा अग्नि नियन्त्रण सम्बन्धीको तालिम प्रदान गरेको छ । बढ्दो आगलागीको घटनालाई नियन्त्रण गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले वडा नम्बर ४ फेरिचेमा आज शनिवार आगलागी नियन्त्रण, आकास्मिक उद्दार, प्राथामिक तथा आकास्मिक उपचार, अग्नि नियन्त्रणमा प्रयोग हुने सामाग्रीहरूको प्रयोग लगायतको विषयमा स्थानीय व्यवसायीलाई तालिम प्रदान गरेको हो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा एभरेष्ट फायर एण्ड रेस्क्युको समन्वयमा दिङ्बोचे, छुखुङ र फेरिचेका लज तथा पर्यटन व्यवसायीहरुलाई तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुम्बुको विभिन्न ठाउँमा रहेका हेलिप्याड र बस्तिहरुमा हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गरि तालिम आयोजना गरिएको हो ।

यसअघि खुम्बु पासाङल्हामु गाउककपालिका वडा नम्बर २ लुक्ला र वडा नम्बर ५ नाम्चे बजारमा पनि यस प्रकारको तालिम प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार