जंगलको डढेलो बस्तीमा प्रवेश गर्दा नेचासल्यानको ४ घर जलेर नष्ट

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानमा जंगलको डढेलो बस्तीमा प्रवेश हुँदा ४ घर जलेर नष्ट भएका छन् । आज मंगलबार नेचासल्यान गाउँपालिका–२ स्थित गाइखर्क सामुदायिक वनमा फैलिएको डढेलो बस्तीमा प्रवेश गर्दा ४ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम चन्द्र साहका अनुसार आगोले जंगल नजिकै रहेको शक्ति राईको टिनको छानो, ढुंगा माटो र काठको छानो भएको २ तले घर र मकर राईको काठले बनेको १ तले घरसहित ४ वटा घर जलेर नष्ट भएको हो ।

अन्य दुई जनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घरमा लागेको आगो इलाका प्रहरी कार्यालय नेचासल्यानबाट प्रहरी निरीक्षक दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयबासीले नियन्त्रणमा लिएको जनाएको छ ।

जंगलमा लागेको डढेलो भने नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । क्षति कम गर्न प्रहरीले स्थानीयको सहयोगमा भरपुर प्रयत्न गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुले जाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार