जङ्गलको डढेलो बस्तीमा प्रवेश गर्दा नेचासल्यानमा ५ घर जलेर नष्ट

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेमा जङ्गलमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा पाँच घर जलेर नष्ट भएको छ ।

मङ्गलबार स्थानीय गाइखर्च सामुदायिक वनमा फैलिएको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम चन्द्र साहका अनुसार स्थानीय केशव राईको दुई वटा, शक्ति राईको एउटा, धनशेर राईको एउटा र कबिर राईको एउटा घर आगोले जलेर नष्ट भएको हो ।

घटनामा ६० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगोले घरसहित भित्र रहेका धनमाल, भाँडावर्तन, लत्ताकपडा लगायत सबै सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगरप्रहरी लगायतको प्रयासमा नियन्त्रणमा आएको छ । जङ्गलको डढेलो भने अझै नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार