खुम्बु पासाङल्हामुका ३ वडाबाट ३८० जना काँग्रेसमा प्रवेश

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु – सोलखुुम्बुको खुम्बु पासाङल्हमु गाउपालिकाको ३ वटा वडाबाट विभिन्न पार्टी परित्याग गरि ३ सय ८० जना नेपाली काँग्रेस प्रवेश गरेका छन् । खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा सत्तारुढ दल नेकपाका वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार सहित ३८० जिम्मेवार नेता कार्याकर्ता नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेको जनाईएको छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा ३५ जना सगरमाथा आरोही सहित १ सय ११ जना काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा नेकपाका वडा कमिटी सचिव पासाङदावा शेर्पा, तत्कालीन नेकपा माओवादीका वडा अध्यक्षका उमेद्वार कान्छा नुरु शेर्पा, वडा सदस्यका उमेद्वारहरु फूर्वा टसी शेर्पा, आङसोनाम शेर्पा, महिला सदस्यका उमेद्वार ङवाङडोमा शेर्पा र तत्कालीन एमालेका संस्थापक नेता तथा पुर्व वडा कमिटी अध्यक्ष तेन्जिङटसी शेर्पालगायत नेता तथा कार्यकर्ताहरु रहेको नेपाली काँग्रेस खुम्बु पासाङल्हामू गाउँपालिकाका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।

नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, खुम्बु पासाङल्हामु गाउँ कार्यसमितिका सभापति पेम्बाछिरिङ शेर्पा, गाउँपालिका अध्यक्षका उमेद्वार चुङ्बा शेर्पा, नेताहरु प्रेम थापामगर लाक्पानुरी शेर्पा, टानका केन्द्रिय सदस्य सनम शेर्पा, तरुण दल सभापति छिरिङसोना शेर्पा, युवा सजकता अभियानका अध्यक्ष फुनुरु शेर्पालगायतका स्थानीय नेताहरुले स्वागत गरेका थिए ।

त्यस्तै, वडा नं. ५ नाम्चेमा भएको कार्यक्रममा पनि ११७ जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको प्रबक्ता शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार