छेस्काम माविका निर्वतमान अध्यक्ष माथी आ’क्रमण, भौतिक संरचना तोड’फोड

  हिमाल समाचार
12.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको छेस्काम स्थित छेस्काम माध्यमिक विद्यालयका निर्वतमान अध्यक्ष विद्याराज कुलुङ माथी आक्रमण भएको छ ।

शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै निर्वतमान अध्यक्ष कुलुङ माथी आक्रमण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्याराज शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पनि उम्मेद्धार बनेका थिए । उनी किशोर कुलुङसंग करिब ३० मतले पराजित बनको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका प्रध्यानाध्यापक गुरु थुलुङका अनुसार विजयी समूहलाई स्वागतको तयारी गरिरहेको बेला सोही कार्यक्रममा सहभागी बन्न प्रशासन कक्षमा रहेका विद्याराज माथी व्यवस्थापन समितिका विजयी समूह पक्षघरका यूवाहरुले आक्रमण गरेका हुन् ।

आक्रमणमा उत्रेका समूहले निर्वाचनमा हार व्यहोरेका विद्याराज पक्षघरले हानेको ढुंगाबाट एक महिला घाइते भएको भन्दै आरोप लगाएका थिए । सोही आक्रोशित भिडले निर्वतमान व्यवस्थापन समिति अध्यक्ष कुलुङलाई आक्रमण गरेको प्रध्यानाध्यापक थुलुङले बताए ।

गम्भिर घाइते विद्याराजको उपचारका लागि महाकुलुङ प्राथमिक अस्पताल बुङ ल्याइएको छ । व्यक्तिमाथी आक्रमण गरेका समूहले विद्यालयको कार्यलय तथा भौतिक संरचना समेत तोडफोड गरेका छन् ।

सिसि क्यामराको स्कृन फोरिएको छ भने रेकर्डर आक्रमणकारी समूहले लगेको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ । डेल कम्पनीका ३ थान ल्यावटप हराएको छ भने ढोका र टेवुलमा क्षति पुगेको छ । विद्यालयको छानामा समेत क्षति पुगेको विद्यालयले जनाएको छ ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई जानकारी गराइएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली परिचालित बनेको स्रोतले बताएको छ । घटना शनिबार राति ९ देखि १० बजेको पेरिफेरीमा घटेको हो । फोटो सांकेतिक फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार