राजनितिक अस्थिरताका लागि प्रतिगमनकारी सक्रिय भए – गृहमन्त्री थापा

  हिमाल समाचार
532 Shares

सोलुखुम्बु – नेकपा (केपी ओली) समूहका नेता तथा सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजनितिक अस्थिरताका लागि प्रतिगमनकारी सक्रिय भएको आरोप लगाएका छन् ।

सोलुखुम्बुको सल्लेरीमा नेकपा (ओली समुह)ले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारलाई अपदस्थ गर्ने राजनितिक षड्यन्त्र असफल भएको दाबी गरे ।

मूलुकलाई अस्थिरतामा धकल्ने र पुरानै व्यवस्था फर्काउने दाउमा नेकपा भित्रैबाट चलखेल भएकाले जनविरोधी कदमलाई फेल खुवाउन संसद विघटन गरेर मध्यावधि निर्वाचनको बाटो अपनाएको थापाले बताए ।

गणतन्त्र रक्षाका लागि जनता माझ जाने निर्णय संवैधानिक भएको दाबी गरे । आफ्नै समूहले बैधानिकता पाउने र सर्बोच्च अदालतको फैसला निर्वाचनकै पक्षमा रहने गृहमन्त्री थापाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सुर्य चिन्ह ओली समूहको नेकपाले पाउने दाबी गरे । त्यस्तै, अर्का प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन राज्यकै हितमा रहेको बताए ।

नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले ओलीकै नेतृत्वमा नेकपा अघि बढ्ने र जनताको सम्बृद्धिको सपना मर्न नदिने बताए । त्यस्तै, नेकपा सोलुखुम्बुका प्रदेश क ईन्चार्ज महेश किरातीले ओली समूहको कदम नै राष्ट्र हित अनकुल भएको दाबी गरे ।

नेकपा केन्द्रिय सदस्य मानवीर राईले देश र जनताको पक्षमा प्रधानमन्त्री ओलीले काम गरेको दाबी गर्दै प्रचण्ड–माधव समूहलाई जनतालाई नअल्मलाउन आग्रह गरे ।

फोटो – अम्रित थुलुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार