जुबुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रम सुरु

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु- थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम थुलुङले हरेक क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । खेल खेलौ स्वस्थ रहौ, आफ्नो गाउँ युवा मिलि आफै बनाऔं, भन्ने मुल नाराका साथ दुधकोशी युवा क्लबको आयोजनामा संचालित खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पालिका अध्यक्ष थुलुङले दिगो विकासका लागि जग हाल्ने काम गरिरहेको बताएका हुन् ।

स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिई अगाडी बढाउँदै उनले दुधकाशी सामुदायिक अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको र बुह प्राविधिक शिक्षालय स्थापना गरेको बताए । खेलकुदको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै सभाषद गोपाल गिरीले खेलकुदको विकासबाट मुलुकलाई विश्वसामु चिनाउन सकिने बताए । उनले खेलाडीहरुको खेल क्षमतालाई कसैले पनि कुण्ठित बनाउन नसक्ने समेत बताए ।

वडा नं ४ जुबुस्थित जनकल्याण माध्यमिक विद्यालयको प्रांगनमा आयोजित ५ दिने फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश १ लाख १ हजार १ सय ११, ७५ हजार १ सय ११, ३५ हजार १ सय ११ र १० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राई, विभिन्न वडाका वडाअध्यक्षहरु, दुधकोशी युवा क्लबका अध्यक्ष किरण काजी भुजेल, समाजसेवी बलराम गुरुङलगायतको उपस्थिती रहेको थियो ।

साथै कार्यक्रममा मञ्जु पौडेल र किरण कुमार भुजेल लगायतका राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने सहकर्मी अमृत थुलुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार