सल्लेरी डिपोमा नुन बिक्रि घट्यो

सोलुखुम्बु – साल्ट टे«डिङ कर्पोरेसन सल्लेरी डिपोमा नुन बिक्रि दर घटेको छ । सल्लेरी स्थित डिपोबाट विगत वर्षको तुलनामा नुन बिक्रिदर घटेको हो । विगतका वर्षका महिनामा ४ सयदेखि ५ सय क्वीन्टल बिक्रि हुने गरेको भएपनि अहिले २५० क्विन्टल मात्रै बिक्रि हुने गरेको डिपो प्रमुख श्याम प्रसाद शाहले जानकारी दिए ।

गाउँगाउँमा सडकको सहज पहँुच पुगेकाले मानिसले गाउँघरमै रहेको किराना पसलबाट नुन खरिद गर्ने भएकाले अनुदानको आयोडिन नुन खरिद गर्नेको संख्यामा कमी आएको बताए । चालु आर्थिक वर्षको साउन यता ३ हजार ४ सय ९८ क्लीन्टल नुन वितरण भएको छ । अहिले डिपोमा ७२० क्लीन्टल नुन स्टक रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार