कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं – मन्त्री राई

  हिमाल समाचार
119 Shares

विराटनगर – प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताइन् ।

प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको बताइन् ।

आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् । मन्त्री राईले सीमा नाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनको भनाई छ ।

संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार