‘समाज रुपान्तरमा महिलाको भुमिका’ विषयक वक्तृत्वकलाको उपाधि कट्टेललाई

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा सम्पन्न ‘समाज रुपान्तरमा महिलाको भुमिका’ विषयक खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उपाधि सविता कट्टेलले जितेकी छन् । नेपाल महिला संघ सोलुखुम्बुले आज शनिवार आयोजना प्रतियोगितामा केदार मावि नेचासल्यान गाउँपालिका–३ को कक्षा १२ मा अध्ययनरत्त छात्रा कट्टेल प्रथम भएकी हुन् ।

प्रतियोगितामा गार्मा माविका कक्षा ११ का छात्रा सोविला राई दोश्रो, हिमाल दर्शन मावि नेचासल्यान–३ का कक्षा ११ मा अध्ययनरत्त गरिमा फुयाल तेश्रो र गार्मा माविका कक्षा १० का छात्रा सपना बस्नेत सान्त्वना भएका छन् ।

स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सरिता राईले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको उक्त प्रतियोगितामा जिल्लाभरबाट ७ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री, संविधानसभा सदस्य तथा पुर्व जलश्रोत मन्त्री महालक्ष्मी उपाध्याय(डिना), कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, उपप्रमुख टिकामाया मगर, कांग्रेस जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा, खोटाङको हलेसी तुवाचुङ नगर प्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य विमला राई, नेपाली कांग्रेस जिल्ला सहसचिव उत्रमान खालिङ, कांग्रेस प्रदेश ‘ख’का सभापति कर्मा शेर्पा लगायत अन्य नेता कार्यकर्ता तथा महिला नेतृहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार