सोलुखुम्बुका अधिकाश शैक्षिक संस्था बन्द

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु- कोरोना महामारीका कारण सोलुखुम्बु जिल्लाका अधिकांस शैक्षिक संस्था बन्द भएका छन् । कोरोना भाईरसको दोश्रो संक्रमण फैलिरहेका बेला जिल्लामा पनि संक्रमित फेला पर्न थालेसंगै बढिजसो स्थानीय तहहरुले विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाले बैशाख २३ गतेबाट परिक्षा संचालन गर्ने निर्णय गरेको भए पनि परिक्षा स्थगित गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगरकार्यपालिकाको बैठकले संचालन भईरहेका नियमित पठनपाठन, वार्षिक परीक्षा, एसईईको पूर्व अभ्यास लगायतका शैक्षिक क्रियाकलाप अर्को सुचना जारी नभएसम्मका लागि रोक्ने गरि सुचना जारि गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका विद्यालयहरुमा आईतबारबाट परीक्षा संचालन गर्ने निर्णय भएको थियो । तर संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गरिएको संवाददाता तोया श्रेष्ठले जानकारी दिए ।

उता लिुखपिके गाउँपालिकामा संचालित २२ वटा विद्यालयहरु पनि बन्द गरिएको पालिकाअध्यक्ष डम्बर बहादुर बस्नेतले बताए । सोताङ गाउँपालिकाले स्वास्थ्य मापदण्ड पुरा गरि दुई सिफ्टमा परीक्षा संचालन गरिरहेको पालिका अध्यक्ष बिर बहादुर राईले बताए ।

त्यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले पनि बढ्दो कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै मंगलबारबाट अर्को सुचना जारी नहुन्जेलका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको ९ नम्बर वडाका वडाअध्यक्ष एवम पालिका प्रवक्ता भुपालसिंह राईले बताए ।

यसअघि आवश्यक साबधानी अपनाएर पठन पाठनका साथै परीक्षा संचालन गर्ने तर विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो । जिल्लाको माप्य दुधकोशी, नेचा सल्यान र महाकुलुङ गाउँपालिकाभित्रका विद्यालयहरु पनि बन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार