महाकुलुङका ११ जनामा कोरोना संक्रमण

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सोमबार गरिएको एन्टिजेन परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा महाकुलुङमा पनि कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरुलाई पालिका अध्यक्ष सागर किराँतीको नेतृत्वमा घर घरमा पुगेर परीक्षण गरिएको थियो ।

५१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ६ पुरुष र ५ महिला रहेको स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार