४५० पर्यटन मजदुरलाई राहत

  हिमाल समाचार
581 Shares

काठमाण्डौँ – निषेधाज्ञाको मारमा परेका पर्यटन मजदुरलाई माउण्टेन शेर्पा फाउण्डेशनले राहत वितरण गरेको छ । कोरोनाको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाबाट प्रभावित बनेका काठमाण्डौमा रहेका ४५० जना पर्यटन मजदुरलाई फाउण्डेशनले राहत वितरण गरेको हो ।

कपन खरिबोटबाट हरेक मजदुरलाई एक बोरा चामल, ५ केजी दाल, ५ केजी आँटा, २ लिटर खाने तेल र एक केजी नुन वितरण गरिएको फाउण्डेशनका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । फाउन्डेसनको तर्फबाट मंगलबार १५० जना र बुधबार ३ सय जना मजदुरलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

अध्यक्ष शेर्पाले भने, ‘अप्ठ्यारोमा परेका पर्यटन मजदुर हुनुहुन्छ भने खबर गर्नुहोस्, हामी राहत उपलब्ध गराउछौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार