नेपाल मेड नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

  हिमाल समाचार
2.1k Shares

सोलुखुम्बु – नेपाल मेड इ.भि. जर्मनीको सहयोगमा नेपाल मेड नेपालले सोलुुदुधकुण्ड नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण तथा संक्रमितको उपचार सहजताका लागि ५ थान अक्सिजन कन्सन्टे«टर, १० थान अक्सिमिटर, ५ थान निबोलाईजर, १४० थान सेनिटाईजर र १२० बक्स मास्क सहयोग प्रदान गरेको नेपाल मेड नेपालका कोषाध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिए ।

सहयोग सामाग्री सोमबार कोषाध्यक्ष शेर्पाले सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पालाई हस्तान्तरण गरे । लामो समय देखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको नेपाल मेड नेपालले विपद सामनामा सहयोग पुगोस् भन्ने द्येयले सामाग्री सहयोग गरेको कोषाध्यक्ष शेर्पाले बताए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मेयर शेर्पाले कोरोनाको संकट सामनामा हातेमालो गरेकोमा नेपाल मेड नेपाल र नेपाल मेड इ.भि. जर्मनीलाई धन्यवाद दिए । प्राप्त सामाग्रीले कोरोना संक्रमितको उपचारमा सहजता प्रदान गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार