ऐसेलुखर्कमा मिनि अक्सिजन प्लान्ट जडान

  हिमाल समाचार
168 Shares

खोटाङ – जिल्ला मै पहिलो पटक खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि अक्सिजन प्लाण्ट जडान गरेको छ ।

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनि प्लाण्ट जडान गरिएको हो ।

२० लाख रुपैँयाको लागतमा आविस्कार केन्द्रले आवश्यक उपकरण ल्याई हालको लागि १३ बेडमा नियमित अक्सिजन आपुर्तीको व्यवस्था मिलाईएको छ । आविष्कार केन्द्रले अक्सिजन प्लान्ट आजै गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

मिनि प्लाण्टबाट अन्य सिलिण्डरमा अक्सिजन भर्न नमिल्ने भएपनि प्राथमिक स्वास्थ्य केन्द्रमा भने अब अक्सिजनको समस्या नहुने पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

ऐसेलुखर्कमा मिनि प्लाण्ट जडान सँगै त्यस क्षेत्रका विरामीको उपचारमा सहजता हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार