के गर्दैछ काग्रेस समायोजन समिति ?

  हिमाल समाचार
56 Shares

काठमाडौं- नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ ।

अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं,रुपन्देही लगायतका जिल्लामा देखिएको समायोजन सम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार