एमाले कार्यदलको कार्यदल बैठक जारी

  हिमाल समाचार
91 Shares

काठमाडौँ- पार्टी एकताका विषयमा छलफलका लागि एमालेको कार्यदलको बैठक बसिरहेको छ । कार्यदल सदस्य गोकर्ण विष्टकाअनुसार आजको बैठकले सहमतिको मस्यौदा तयार पार्नेछ ।

विवाद मिलाउन गठित कार्यदलको बैठक हिजो साँझ पनि बसेको थियो । हिजो बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि संयुक्त मस्यौदाबारे बैठकमा छलफल भए पनि नटुंगिएको नेताहरूले बताएका थिए ।

कार्यदलमा माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डेय, घनश्याम भुसाल, रघजुी पन्त लगायत नेताहरु छन् । ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङको स‌ंयोजक र विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सदस्य छन् । सहमतिका लागि भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदल ब्युँताइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार