साउदी अरबमा कोरोना खोप नलगाएकालाई सार्वजनिकस्थलमा प्रवेशमा रोक

  हिमाल समाचार
21 Shares

काठमाडौँ- साउदी अरबमा आगामी अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकालाई सार्वजनिकस्थलमा प्रवेशमा रोक लगाइने भएको छ ।

साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना जारी गर्दै आगामी अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो ।

त्यस्तै ब्युटी पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मन्त्रालयद्वारा जनस्वास्थ्यलाई सुरक्षित राख्ने प्रयासस्वरूप सहरी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र त्यहाँ आउनेले खोप लगाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार