रेशम चौधरीलाई लगियाे निर्वाचन आयोग

  हिमाल समाचार
70 Shares

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी ‘हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका छन् ।

जसपामा आधिकारिकताकाे विषय टुंग्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ का आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको छ ।

त्यसैकाे लागि चाैधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् ।
जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय सदस्यहरुको टाउको गनिरहेको निर्वाचन आयोगले सोमबार साँझ निर्णय सुनाउने भएको छ ।

नियमअनुसार साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने आयोगको तयारी छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षमा बहुमत देखिएकाले उसैलाई आधिकारिकता दिने संकेत देखिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार