सोलुखुम्बुमा अलैँची खेति विस्तार

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पछिल्लो समयमा अलैँची खेति गर्नेको संख्यामा बृद्धि आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका विभिन्न स्थानमा अलँैची खेति बढेको पाईएको छ ।

खोल्साको कालो सुनको रुपमा परिचित अलैँची खेति प्रति कृषकको आकर्षण बढेसँगै जिल्लामा उत्पादन पनि बढेको हो । अन्य वालीको तुलनामा नगदे बालीबाट बढि आम्दानी हुने भएकाले कृषकको यसको खेति गरेको बताएका छन् ।

कृषि ज्ञान केन्द्र सोलुखूम्बुको अनुसार सोलुखुम्बुमा आर्थिक वर्ष २०७५–७६ मा ९० हेक्टर जमिनमा अलैचि खेति गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा अलैँची खेति हुने क्षेत्रफल ९४ हेक्टर पुगेको पाईएको छ ।

आर्थिक वर्ष २०७७–७८ को भने यकिन विवरण आउन बाँकी रहेको छ । जिल्लामा अलैँची खेति विस्तार भएसँगै उत्पादन पनि बढेको पाईएको छ ।

आर्थिक वर्ष २०७५–७५ मा ७८ मेट्रिकटन उत्पादन भएकोमा आर्थिक वर्ष ७६–७७ मा ९४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुल बहादुर राईले जानकारी दिए । प्रति हेक्टर ०.८९ प्रतिशत उत्पादकत्व रहेको अलैँचीको १६ मेट्रिकटन उत्पादन बढेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

यसैबीच, कोरोना महामारीका कारण अलैँची बिक्रि नहुँदा कृषकले समस्या खेप्नु परेको छ । विगतका वर्षमा ठेकेदार गाउँ गाउँ आएर अलैँची ठेगेर लैजाने भएपनि गत वर्ष उत्पादन भएको अलैँची अझै सम्म बिक्रि नभएको कृषकले बताएका छन् । जस्ले अन्य बाली मासेर अलँची खेति गरेका कृषकमा थप समस्या भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार