नेपाल लाइफद्वारा १३ लाख बढि मृत्यू दाबी रकम हस्तान्तरण

  हिमाल समाचार
238 Shares

सोलुखुम्बु – नेपाल लाइफ इन्स्योरेन्स सोलुखुम्बु शाखाले दुई विमितको मृत्यू दाबी रकम हस्तान्तरण गरेको छ ।

विमित सोलुदुधकुण्ड ८ का ल्हाक्पा शेर्पा र माप्य दुधकोशी ७ की राम कुमारी घिमिरेको मृत्यू दाबी रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

विहिबार एक कार्यक्रमको आयोजना गरि नेपाल लाइफले शेर्पाका बाबा किपा शेर्पालाई ७ लाख ४२ हजार र घिमिरेका बाबा इश्वरी प्रसाद घिमिरेलाई ५ लाख ६३ हजारको चेक हस्तान्तरण गरिएको नेपाल लाइफका सोलुखुम्बु शाखा प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।

शेर्पाको गत असार ७ गते र घिमिरेको गत जेठ १ गते मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार