कर तिर्न टेस्लाको पाँच अर्ब बराबरको सेयर  बिक्री

काठमाडाैँ- टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले  कर तिर्न टेस्लाको पाँच अर्ब बराबरको सेयर  बिक्री गरेका छन् ।

यसअघि, उनले ट्विटरमा आफ्ना फ्यानहरुलाई आफूले टेस्लाको १० प्रतिशत सेयर बेच्दा ठिक हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै एउटा पोल राखेका थिए । करसम्बन्धी नियमलाई ध्यानमा राख्दै उनले सेयर बेचेको बताइएको छ ।

त्यस्तै, उनले टेस्लाबाट क्यास पैसा नपाएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, “मसँग केवल कम्पनीको स्टक मात्र छ । त्यसैले व्यक्तिगत रूपमा कर तिर्न मैले सेयर नै बेच्नुपर्ने हुन्छ ।”

अहिले मस्क संसारकै सबैभन्दा धनी व्यक्तिमा पर्छन्, जसको कुल सम्पत्ति २८० अर्ब डलर बराबर छ । तर, उनको कुल सम्पत्तिको अधिकांश हिस्सा टेस्लाको सेयर बाटै रहेको छ । यसबाहेक उनी अर्को निजी कम्पनी ‘स्पेस एक्स’का पनि मालिक हुन्, जसले हाल नासासँग चन्द्रमा भ्रमणसम्बन्धी मिसनमा काम गरिरहेको छ ।

योभन्दा अगाडि उनले सन् २०१६ मा यस किसिमले सेयर बेचेका थिए । यसपटकचाहिँ उनले स्टक विकल्पसम्बन्धी नियमको अभ्यास गरेका हुन् र कर तिर्नका लागि भन्दै थप सेयर बेचेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार