शत्रुधन महतो प्रदेश २ का उद्योगमन्त्री बन्दै, राय बर्खास्त

जनकपुर: नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको हो ।

मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार मन्त्री रायलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको छ । मुख्यमन्त्री राउतले मन्त्री रायसित आइतबार राजीनामा मागेका थिए । तर, राजीनामा नगर्ने अडानमा रहेका राय र मुख्यमन्त्री राउतबीच भनाभन पनि भएको थियो ।

बर्खास्त गरिएका मन्त्री रायको मन्त्रालय नेकपा (एस) का प्रदेश संसदीय दलका नेता शत्रुधन महतोलाई दिइँदैछ । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार