सोलुखुम्बु : ६ महिनामा १८६३ जना सवारी कारबाहीमा

  हिमाल समाचार
434 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सवारी नियम उल्लङघन गर्नेहरु बढेका छन् ।

जिल्लामा पछिल्लो समयमा लाईसेन्स विना नै सवारी चलाउनेहरुको संख्या बढेको हो । पुष महिनामा मात्रै ३१० वटा सवारी कारबाहीमा परेका छन् ।

उनिहरुबाट २ लाख ५० हजार राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउन यता १८६३ सवारी कारबाहीमा परेका छन् ।

साउनमा ३ सय सवारी कारबाहीबाट २ लाख १ हजार, भदौमा ३११ सवारीबाट २ लाख १० हजार, असोजमा २६९ सवारीबाट १ लाख ७९ हजार ५ सय, कार्तिक महिनामा ३४८ सवारीबाट २ लाख ४३ हजार र मंसिर महिनामा ३२५ सवारीबाट २ लाख २४ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए ।

कट्वालका अनुसार सवारी धनीले लाईसेन्स नबोक्ने, बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गर्ने मोटरसाईकल तथा जिप, कारलाई कारबाही गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार