ऊर्जा मन्त्री भुषाल र संघीय सांसद राईबीच भेट, उज्यालो सोलुखुम्बुका लागि करिब ३ अर्बको टेण्डर खोलिने

  हिमाल समाचार
3.4k Shares

सोलुखुम्बु – “उज्यालो सोलुखुम्बु अभियान“लाई सार्थक तुल्याउन प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालसँग भेट गरेका छन् ।

विहिबार मन्त्रालयमा भएको भेटमा सांसद राईले हिमाली जिल्ला सोलुखुम्बुलाई उज्यालो जिल्ला बनाउने गरि ग्रामिण विद्युतीकरणको टेण्डर आब्हान गर्न आग्रह गरेका छन् । मन्त्री भुषालले सोलुखुम्बुको ग्रामिण विद्यूतीकरणका लागि स्रोतको सुनिश्चितता गरेर करिब ३ अर्बको टेण्डर आब्हान गर्ने बताईन् ।

हिमाल एफ.एम.सँगको कुराकानीमा सांसद राईले माघ महिना भित्रै टेण्डर आब्हान गर्ने वातावरण मिलेको बताए । उनले भने, ‘भेटमा मन्त्री भुषाललाई विद्युतीकरणका लागि टेण्डर आब्हानका लागि दबाब दिए । विविध कारणले ढिला भइरहेको कामलाई यथासिघ्र अघि बढाउन उहाँ राजी हुनुभएको छ ।’

महाकुलुङ गाउँपालिका बाहेकका ७ स्थानीय तहमा बाँकी विद्युतीकरणका लागि यसैपटक टेण्डरको तयारी गरिएको संघीय सांसद राईले जानकारी दिए । महाकुलुङका लागि सामुदायिक ग्रामिण विद्युतिकरण विभाग, गाउँपालिका र जिआईजेटको गरि करिब १५ करोडको लागतमा काम हुने गरि सम्झौता अनुसार टेण्डर आब्हान भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार