सोलुखुम्बुमा किवि उत्पादनमा बृद्धि

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा किवि उत्पादनमा बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा किवि उत्पादनमा बृद्धि भएको पाइन्छ ।

जिल्लामा आर्थिक वर्ष २०७५–७६ मा ५६ मेट्रिकटन किवि उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६–७७ मा आईपुग्दा ९ मेट्रिकटनले बृद्धि भएर किविको उत्पादन ६५ मेट्रिकटन पुगेको थियो ।

आर्थिक वर्ष २०७७–७८ मा ६८ मेट्रिकटन किवि उत्पादन भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुल बहादुर राईले बताए ।

बर्षेनी किवि खेतिको विस्तार भइरहेको तथ्यांकले देखाएको छ । बर्षेनी किवि फलको उत्पादनमा बृद्धि भएपनि बजारिकरणमा भने समस्या भएको किवि कृषकहरुले बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार