नेचासल्यानले कृषक प्रोत्साहनमा खर्चियो १४ लाख २५ हजार, ५४ कृषक पुरस्कृत

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – नेचासल्यान गाउँपालिकाले ५४ कृषकलाई पुरस्कृत गरेको छ । कृषि तथा पशुपालनको व्यवसायिकतामा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले नगद सहित कृषकलाई पुरस्कृत गरेको हो ।
कृषि तथा पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अन्तरगत तीन माछा फार्म संचालकलाई जनही ५० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, २४ कृषि फार्म र २७ पशुपालन फार्म संचालक कृषकलाई जनही २५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।
अघिल्ला आर्थिक बर्षमा पनि कृषकलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको गाउँपालिकाले चालु आर्थिक बर्षमा १४ लाख २५ हजार पुरस्कारमै खर्च गरेको छ । कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले कृषकको हौसलाको लागि नगद उपलब्ध गराएको बताए । उनले प्राप्त रकमलाई विउ पूँजीको रुपमा लिएर कृषि तथा पशुपालन फार्मलाई अझ व्यवस्थित र व्यवसायिक बनाउन कृषकलाई आग्रह गरे ।
नेचासल्यान गाउँपालिका प्रवक्ता तथा आर्थिक विकास समिति संयोजक एवम् वडा नं ३ का अध्यक्ष धर्मध्वज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुमारीदेवी शर्मा, प्रमुख प्रशासकीय अधिकृत यूवराज पोखरेलसहित जिल्ला समन्वय समितिका सदस्य रामकाजी राई, वडाअध्यक्षहरु भेष कुमार बास्तोला, कृष्ण कुमार राई, राजन राई लगायतको उपस्थिती रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार