चिसंखुगढीका २७ पशुपंक्षि फार्म अनुदानका लागि छनौट

  हिमाल समाचार
1.3k Shares

ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले २७ वटा पशुपंक्षि फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अन्तरगत रहेको कृषि, पर्यटन, पुर्वाधार तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष टेकराज कटवालको अध्यक्षतामा आज बसेको बैठकले प्रति फार्म ८५ हजार अनुदान रकम उपलब्ध गराउने गरि २७ वटा पशुपंक्षि फार्म छनौट गरेको हो ।

गाउँपालिका अध्यक्ष निशान्त शर्मा समेतको उपस्थितीमा भएको बैठकले ५ वटा कुखुरा फार्म, ८ वटा बंगुर फार्म र बाख्रा फार्म १४ वटा अनुदानका लागि छनौट गरेका हुन् । उनीहरुले अनुदान रकमबाट खोर सुधारका काम गर्नुपर्नेछ । गाउँपालिकाले पशुपंक्षिको व्यवसायिकतामा प्रोत्साहन गर्ने द्येयले अनुदानमा २३ लाख खर्च गर्ने सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

अनुदान रकम पहिलो किस्तावापत ६० प्रतिशत र काम सम्पन्न फोटो र प्रतिवेदनपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउने नीति गाउँपालिकाले अबलम्बन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार