तामाखानीका २३ विपन्न परिवारलाई प्रशासनको राहत

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका २३ विपन्न परिवारलाई राहत बितरण गरिएको छ ।

ती विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालयले विपत व्यवस्थापन समिति अन्तरगतको बजेटबाट राहतस्वरुप एक थान सिरक र एक बोरा चामल वितरण गरेको हो । राहत प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले हस्तान्तरण गरेका हुन् ।

राहत पाएपछि स्थानियले खुसि व्यक्त गरेका छन् । वितरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरी प्रमुख दिनेश शर्मा, अरिदमन गुल्म सल्लेरीका सेनानी सुमन जंग केसी, तामाखानीका वडाध्यक्ष गोपाल मगर सहित अन्य जनप्रतिनिधिको पनि उपस्थिती रहेको थियो ।

प्रशासनले राहत उपलब्ध गराएको विपन्न परिवारको संख्या ९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार