थुलुङ दुधकोशीका सम्पुर्ण वडाबाट अनलाइन घटना दर्ता शुरु

  हिमाल समाचार
686 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ९ वटै वडामा अनलाइनबाट व्यक्तिगत घटना दर्ता शुरु गरिएको छ ।

गाउँपालिकाले सम्बन्धीत कर्मचारीलाई तीन दिने तालिम संचालन गरेर हरेक वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ताको काम शुरु गरेको अध्यक्ष असिम राईले जानकारी दिए ।

शनिबार समापन तालिममा अध्यक्ष राईले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । नागरिक सहजता र विवरण व्यवस्थापनका लागि अनलाइन घटना दर्ताको शुरुवात गरिएको हो ।

जन्म, मृत्यू, विवाह, बसाइसराई र सम्बन्धविच्छेद व्यक्तिगत घटना भित्र पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार