सोलुखुम्बुमा २५ सय घरधुरीमा पुग्यो राष्ट्रिय प्रसारण लाईन, यस्तो छ योजना

  हिमाल समाचार
952 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा अहिलेसम्म २५ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जोडिएको छ ।

पेल्ट्रिकसेट र लघु जलविद्युतको भरमा विद्युत बाल्दै आएका सोलुदुधकुण्ड गनरपालिकाको ग्रामिण भेग र नेचासल्यान गाउँपालिका समेत गरि २ हजार ५ सय स्थानीयको घरमा रािष्ट्रय प्रसारण लाईन जोडिएको हो ।

सोलु करिडोर अन्तरगत ग्रामिण विद्युतीकरण परियोजनाको कार्यक्रमबाट अहिले गाउँगाउँमा हाईटेन्सन लाईन विस्तारको काम भईरहेको नेपाल विद्युत प्राधिकरण सल्लेरी वितरण केन्द्रका प्रमुख दिपक दाहालले बताए । उक्त परियोजना अन्तरगत अहिले थुलुङदुधकोशीमा विस्तारको काम भईरहेको प्रमुख दाहालको भनाई छ ।

जिल्लालाई १३२ केभि प्रसारण लाईनले जोडिसकेकाले गुणस्तरीय विद्युत प्रवाह गर्न सकिएको प्राधिकरणले जनाएको छ । जिल्लाको माप्यदुधकोशी, सोताङ र लिखुपिके गाउँपालिकामा विद्युत विस्तारका लागि प्राधिकरणले ७२ करोड रुपैँयाको टेण्डर गरिसकेको छ ।

उता, महाकुलुकुलङ गाउँपालिकामा भने सामुदायीक बिद्युतिकरण अन्तरगत ११ करोड रुपैँयाको टेण्डर भएर काम शुरु हुन लागेको जनाईएको छ । अबको २ बर्ष भित्र खुम्बुपासाङल्हमु गाउँपालिका बाहेक अन्यत्र विद्युत विस्तार भईसक्ने प्राधिकरणले जनाएको छ । फोटो फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार