सोलुखुम्बु बहुमुखी क्याम्पसमा कानुन विषय थपको उद्घाटन

  हिमाल समाचार
2.3k Shares

सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसमा कानुन विषय थपको उद्घाटन गरिएको छ । माथिल्लो सगरमाथाकै अग्रणी शैक्षिक संस्थाको रुपमा संचालित क्याम्पसले चालु शैक्षिक शत्रबाट कानुन विषय अध्यापनको तयारी गरेको छ ।

सोही अनुसार सोलुदुधकुण्ड नगरपालिकाले अध्यापन स्विकृति दिइसकेको छ । सोही थप गरिएको कानुन विषयको उद्घाटन क्याम्पस सञ्चालक समितिका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य आङगेलु शेर्पाले गरेका हुन् ।

सञ्चालक समितिका सदस्य तथा काँग्रेस नेता शेर्पाले कानुनी विषय आधारभुत शिक्षा रहेकाले क्याम्पसमा पनि पढाई सुरु सुखद भएको बताए । समाजमा शान्ति सुरक्षा, द्वन्द्व व्यवस्थापन, लोकतन्त्रलाई सुव्यवस्थित गर्न कानुनको ज्ञान आवश्यक रहेको बताए ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर तथा काँग्रेस जिल्ला सभापति एवम् सोलुखुम्बु बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य नाम्गेल जाङ्बु शेर्पाले कानुनको ज्ञान सबैलाई हुन आवश्यक रहेको बताए । कानुनको अज्ञानता क्षम्य नहुने भएकाले पनि कानुन विषय अध्ययन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता मिना गुरुङले कानुनका बारेमा विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराएकी थिईन् । क्याम्पस प्रमुख उद्धव कुमार शर्माले शैक्षिक गुणस्तरमा कुनै कन्जुस्याई नगरेको बताएका छन् । उनले कानुन विषय हिमाली जिल्लामा पहिलो पटक अध्ययन सुरु भएकाले जिल्लाबासीका लागि खुसीको कुरा रहेको बताए ।

कार्यक्रममा सरकारी वकिल श्रीराम खनाल, सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष दावागेलु पाख्रिन राजु, नगर प्रवक्ता शारदामाया तामाङ, काँग्रेस नेता नविन थापा, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विक्रान्त कुलुङ लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार