थुलुङ दुधकोशीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत उद्घाटन

अध्यक्ष राई भन्छन्, 'उज्यालो पालिकाको सपना साकार हुदैछ'

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

सोलु करिडोर ग्रामीण विद्युतिकरण परियोजनाको ट्रान्सफर्मर चार्ज सकिएसङ्गै थुलुङ दुधकोशी ६ मुक्लीमा आज गाउँपालिका अध्यक्ष असिम राईले विद्युतको उद्घाटन गरेका हुन् ।

अब गाउँपालिकाको वडा नं.१, २, ६ र ७ को घरघरमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिनेछ । क्रमशः अन्य वडामा पनि विद्युतीकरणको काम तिब्र गतिमा अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

विद्युत उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष राईले उज्यालो गाउँपालिका बनाउने उदेश्य पुरा हुने चरणमा रहेको बताए । आफूहरु गाउँको सर्वपक्षिय विकासमा तल्लिन भएको दाबी गर्दै अध्यक्ष राईले विद्युत प्राधिकरणको समन्वयमा पालिका भरिनै विद्युतीकरणको काम यथासिघ्र अघि बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको जनाए ।

विद्युत विस्तारसँगै गाउँघरमा सानाठूला उद्योग स्थापना र संचालनको ढोका खुल्ने उनको भनाई थियो । कार्यक्रममा थुलुङ दुधकोशी ७ देउसाका वडाअध्यक्ष रामसघर्ष किराँती, गाउँपालिकाका सामाजिक विकास समिति संयोजक बुद्धिराज राई लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार