सोलुदुधकुण्ड बासीको शिर उच्च हुने गरि काम गरे : निवर्तमान मेयर शेर्पा

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाका निवर्तमान मेयर एवं मेयर पदका उम्मेद्वार नाम्गेल जाङ्बु शेर्पाले आफुले बितेको पाँच वर्षमा नगरपालिकाबासीको शिर उच्च हुने गरि काम गरेको दाबी गरेका छन् ।

सोलु दुधकुण्ड नगरपालिकाका–६ खोरियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जिल्लाको अन्य स्थानीय तह पाँच वर्ष भित्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै आफुले नगरपालिकामा सुशासन र पारदर्शिता कायम गरेको जिकिर गरे ।

अन्य स्थानीय तहहरु भ्रष्टाचारमा डुबेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको भन्दै नगरपालिकाको विरुद्ध त्यस्ता कुनै उजुरी नरहेको प्रस्ट पारे । साथै नगरपालिकामा भएको सम्पुर्ण बिकासको जस समेत शेर्पाले मतदातालाई दिए । २०७४ सालको निर्वाचनमा सहि र सक्षम नेतृत्व निर्वाचित गराएकै कारण नगरपालिका समृद्धिको दिसामा अघि बढेको दाबी गरे ।
नगरपालिकालाई विकासमा अब्बल बनाउन र सम्बृद्द नगरवासी बनाउने आफ्नो चाहाना पुरा गर्न पनि काङ्ग्रेस आगामी चुनाबमा नगरपालिकाको नेतृत्वमा पुग्नुपर्ने उम्मेदवार शेर्पाले बताए ।

यस्तै उपमेयरका उम्मेदवार गान्धी माया तामाङले नगरपालिका कम्युनिस्टको पोल्टामा पुगे नगर भ्रष्टाचारको अखडा बन्ने दाबी गरिन ।नगरको समृद्धिका लागि मतदाताले बिचार गर्ने बेला आएकाले सक्षम र जनमैत्री नेतृत्व चुन्न मतदाताहरुलाइ उनले आग्रह गरिन ।

यस्तै वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार फुर्वा ग्याल्जेन शेर्पाले कम्युनिस्ट पार्टीका सांसदले सुकुम्बासीको नाममा आएको रकमले ब्यक्तिगत घर निर्माण गरेको आरोप लगाउदै सुकुम्बासीको समस्या समाधानका लागि पनि काङ्ग्रेसले नगरपालिकामा विजयी हासिल गर्नुपर्ने बताए । कार्यक्रममा १५० जना भन्दा बढी स्थानीयको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार