सोलुदुधकुण्डमा कांग्रेसका नाम्गेल जाङ्बु चार सय बढी मतले अगाडी

  हिमाल समाचार
5.4k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङ्बु शेर्पाले ४ सय ३ मतले अग्रता कायम गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १, २ र ११ को गरि करिब ३४ सय मत गणना भईसक्दा मेयरमा कांग्रेसका नाम्गेल जाङ्बु शेर्पाले १६३१ मत प्राप्त गर्दा नेकपा एमालेका १२३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका ङिमा तेण्डुप शेर्पाको ३७८ मत रहेको छ । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी गान्धी माया तामाङले १४०५ मत प्राप्त गर्दा नेकपा एमालेकी मोहन कुमारी कार्कीले १२८४ मत र नेकपा माओवादी केन्द्रकी सारदा माया तामाङले ४३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए । अहिले वडा नम्बर १० को मतगणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार