चरा गणनामा गार्मा माविका विद्यार्थी सहभागी

  हिमाल समाचार
497 Shares

सोलुखुम्बुको गार्मा माविका विद्यार्थीले चराको अध्ययन गरेका छन् । जेठ २१ देखि २३ गते सम्म गार्मा क्षेत्रका विभिन्न जंगलमा पुगेर विद्यार्थीले चराको गणना गरेका हुन् ।

गार्मा क्षेत्रमा गार्मा मा.वि.का जीव विज्ञान शिक्षक तेन्जिङ शेर्पाको नेतृत्वमा ९ जना विद्यार्थीले चराको गणना गरेका हुन् । बर्ड कन्जर्भेसन नेपाल द्वारा छिमेकी चरा मोबाइल एपको माध्यमबाट देशभर सन्चालन भएको कार्यक्रम गार्मा क्षेत्रमा गार्मा मा.वि.का जीव विज्ञानका विद्यार्थी पनि सहभागी बनेका हुन् ।

३० प्रजातिका १०० भन्दा बढि चराहरु मोबाएल एप मार्फत गणना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार