नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सोलुखुम्बुबाट भलिबल खेलाडी छनौट

  हिमाल समाचार
938 Shares

सोलुखुम्बु – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बु जिल्लाबाट भलिबल तर्फ महिला र पुरुष ९÷९ जना खेलाडी छनौट भएका छन् ।

जिल्ला स्तरिय खेलाडी छनौट प्रतियोगिताका लागि सल्लेरीमा भएको छनौट खेलबाट उनीहरु छनौट भएको जिल्ला भलिबल सघं सोलुखुम्बुका महासचिव योगेश श्रेष्ठले जानकारी दिए ।

छनौट हुने खेलाडीहरुमा महिला तर्फ चादनी राइ (माप्य दुधकोशी), नविना राई (माप्य दुधकोशी), अर्पना राई (सोताङ), रमिता राई (सोलुदुधकुण्ड), मेलिना राई(महाकुलुङ), सविना राई(माप्य दुधकोशी), सुस्मिका राई (माप्य दुधकोशी), अस्मिता राई (माप्य दुधकोशी) र यमुना मगर (सोलुदुधकुण्ड) रहेका छन् ।

यस्तै पुरुष तर्फ विष्णु बस्नेत (लिखुपिके), सञ्जय बस्नेत (सोताङ), रापदिप तामाङ (सोलुदुधकुण्ड), प्रभुराम राई (थुलुङ दुधकोशी), दिपक तामाङ (सोलुदुधकुण्ड), राजेश नेवार (नेचासल्यान), दिनेश केसी (थुलुङ दुधकोशी), तेजनारायण मगर (माप्यदुधकोशी) र प्रकाश कार्की (सोताङ) रहेका छन् ।

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी बन्ने गरि जिल्ला तहका खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार