सोलुका १२ हजार बढी बालबालिका खोपको पहुँचमा

  सलिना लामिछाने
70 Shares

सोलुखुम्बु – सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाका आठ स्थानीय तहका १२ हजार १३२ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खोप प्राप्त गर्ने बालबालिकाहरुमा सोलुदुधकुण्ड नगरपालिकाका ३ हजार १९४, थुलुङ दुधकोशी गाउँपालिकाका २ हजार १९४, नेचासल्यानका १ हजार १२० र सोताङका १ हजार १९२ जना छन् ।

यस्तै महाकुलुङका १ हजार ४२०, माप्यदुधकोशीका १ हजार ४७५, खुम्बु पासाङ ल्हामुका १ हजार ४० र लिखुपिकेका ४९७ जना बालबालिका रहेको सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना संक्रमणदरलाई मध्येनजर गर्दै जिल्लामा भदौ ५ गतेदेखि १३ गते सम्म विभिन्न विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले बताए ।

अब दोश्रो मात्राको खोप असोजबाट सुरु गरेर दशैँ अगावै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाई छ । जिल्लामा ५ देखि ११ वर्ष सम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार