सोताङ र महाकुलुङका २१ शिक्षकले लिए बाल विकास तालिम

  हिमाल समाचार
217 Shares

यसअघि माप्य दुधकोशी, थुलुङ दुधकोशी गाउँपालिकाका बालविकास शिक्षकहरुलाई प्रारम्भिक बालविकास सम्बनिध तालिम प्रदान गरेको रीड नेपालले सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकाका बालविकास शिक्षकलाई सोही प्रकृतिको तालिम प्रदान गरेको छ ।

सोताङ स्थित वीरेन्द्रज्योति माविमा ५ दिन चलेको तालिममा महाकुलुङ र सोताङका १६ विद्यालयका २१ जना शिक्षकहरुको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृतद्वय जनकराज जोशी र सुजता राईले गरेका थिए ।

समापन कार्यक्रममा सोताङ गाउँपालिका ५ का वडाअध्यक्ष मानवीर राईले तालिममा सिकेका सीपलाई व्यवहारिक बनाउन आग्रह गरे । कार्यक्रममा महाकुलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख झमक बस्नेत, सोताङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख नन्दराज राई, वीरेन्द्रज्योति माविका प्रध्यानाध्यापक महा प्रसाद फुयाल लगायतको उपस्थिति रहेको थियो ।

सहभागीमध्ये महाकुलुङको जनसुधार आविकी शिक्षिका रञ्जना बस्नेत र सोताङको सोताङ आविबाट मन कुमारी बस्नेतले तालिमले नयाँ सीप सिकाएको र कक्षा कोठामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, आधारभूत तथा विषयगत सिप, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयमा तालिम संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार