नेचासल्यानमा नतिजाको आधारमा विद्यालयलाई पुरस्कृत गरिने

  हिमाल समाचार
434 Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले विद्यालयको नतिजाको आधारमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष धनजन राईले पालिकाले बार्षिक नतिजाको उत्कृष्टताको आधारमा विद्यालयलाई पुरस्कृत गर्ने बताए । भुमेश्वरी प्रस्तावित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षकलाई समेत पुरस्कृत गर्ने बताए ।

माध्यमिक विद्यालयबिचको प्रतिस्प्रर्धामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप एक लाख, पचहत्तर हजार, पचास हजार र पच्चिस हजार प्रदान गरिनेछ भने आधारभूत विद्यालयतर्फ पचास हजार, पैतिस हजार, पच्चिस हजार र पन्ध्र हजार पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार