खिजिदेम्बाको एक रिसोर्ट जलेर नष्ट, करोड बढीको क्षति

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

मंगलबार दिउँसो अन्दाजी साडे २ बजे दावा शेर्पाले सञ्चालन गरेको दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

आगलागीबाट काठ र टिनले बनेको २ तले घरसहित भित्र भएको सबै सामाग्री जलेर नष्ट भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक (इङ्पेक्टर) केशव अधिकारीले जानकारी दिए ।

रिसोर्ट पुर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो साँझ ६ बजे तिर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण यकिन नभएपनि चुलोबाट सल्किएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार