उद्योग बाणिज्य संघ सोलुको मनपरी मुल्यसुची, रम्बा चाउचाउ नै २५ रुपैँया

  हिमाल समाचार  1860 पटक हेरिएको

सोलुखुम्बुमा  लामो समयदेखि निष्कृय बनेको उद्योग बाणिज्य संघले मनपरी मुल्य तोकेको उपभोक्ताले गुनासो गरेका छन् । फागुन १ गते उद्योग बाणिज्य सघंका पदाधिकारी र केही व्यवसायिको उपस्थितीमा छलफल गरि मनलागी मुल्य सुची बनाएको स्थानिय उपभोक्ताको गुनासो छ ।

मंहगी बढ्दो छ तर ढुवानी लागतको तुलनामा खाद्य तथा निर्माण सामाग्रीको ५० प्रतिशत सम्म नाफा खानका लागि मुल्य तोकेको स्थानिय लाक्पा शेर्पाले बताए । व्यवसायीको मनलागी मुल्य सुचीले उपभोक्ताको ढाड सेक्ने काम भएको उनको गुनासो छ । उनले भने, ‘सामान्यतया अहिले रम्बा चाउचाउ २० रुपैयामा पाउनुपर्ने हो । तर अहिले २५ पु¥यार्ईको रहेछ । खाने तेल र मैदाको त कुरै नगरम अब किनेर खाने स्थिती छैन ।’

८० रुपैँया केजीमा पाईने चिनी अहिले प्रतिकेजी १२० रुपैँया पु¥याईएको छ । अन्य खाद्यबस्तु र निर्माण सामाग्रीको समेत उद्योग बाणिज्य संघले मुल्य बृद्धि गरेर सल्लेरीका सबै पसलमा पु¥याएको छ । स्थानिय दिपक खड्काले मुल्य बृद्धि अव्यवहारिक भएको गुनासो गरे । उद्योग बाणिज्य संघले सबै पदाधिकारी र व्यवसायिको उपस्थितीमा मुल्य निर्धारण गरिएको जनाएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले चाडै उद्योगबाणिज्य संघ सँग यसबारेमा छलफल गर्ने बताए ।‘मुल्यबृद्धि धेरै भयो भन्ने गुनासो आएको छ, यसबारेमा म चाडै कुरा गर्छु,उनले भने ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार