सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी देखिएका छन् । आज सल्लेरीमा बसेको उद्योग बाणिज्य संघको बैठकमा व्यवसायीले जिल्लामा रम्बा लगायतका चाउचाउ आयात गर्नका लागि असमर्थ रहेको बताएका हुन् ।

अहिले स्टक रहेको बेच्ने तर अब आयात नगरिने व्यवसायीको तर्क छ । चाउचाउको मुल्य अनुसार मात्रा नभएको भन्दै आयात नगर्ने पक्षमा व्यवसायी पुगेको उद्योग बाणिज्य संघका सहसचिव महेश खालिङले बताए । लागत मुल्य अनुसारको चाउचाउ नभएकाले घाटामा व्यापार नहुने भएकाले अहिलेलाई आयात नगर्ने निर्णय गरिएको उनले बताए ।

यसैबीच, सर्वव्यापी रुपमा आलोचना भएपछि उद्योग बाणिज्य संघ सोलुखुम्बुले मुल्य सुची सच्याएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा फागुन १ गते उद्योग बाणिज्य संघका केही पदाधिकारी र व्यवासयी बसेर गरेको मुल्य निर्धारणको आलोचना भएपछि उद्योग बाणिज्य संघले मुल्य सुचि सच्याएको हो ।

यस विषयमा हिमाल एफ.एमले समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । यसअघि चाउचाउको मुल्य २५ रुपैया पु¥याएको थियो तर अहिले २० रुपैयाँ नै कायम गरिएको छ । अन्य दैनिक उपभोथ्य बस्तुको पनि मुल्य घटाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार