चौथो नेचासल्यान गोल्डकप सुरु

  हिमाल समाचार
4k Shares

सोलुखुुम्बु– चौथो नेचासल्यान गोल्डकप सूुरु भएको छ । नेचासल्यान गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ लाहुुरेचौरमा आयोजना गरिएको गोल्डकपको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बलहादुर केसीले उद्घाटन गरेका हुन् । गोल्डकपको उद्घाटन गर्दै पुर्वमन्त्री केसीले खेलकुदको विकासका लागि सरकारले लगानी गर्न आवश्यक रहेको बताए ।

गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि पनि बजेट बिनियोजन गर्न आग्रह गरे । गाउँपालिकाका अध्यक्ष धनजन राईले गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि काम गरिरहेको बताए । पालिका अध्यक्ष राईले नेचासल्यान क्षेत्रमा खेलकुद मैदान र खेलाडीलाई प्रोत्साहनका लागि गोल्डकपको आयोजना गरिएको उनले बताए । नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष विना राईले गाउँपालिकाले खेलाडिको प्रोत्सहानका लागि सदैब लागि परेको बताईन् ।

आवश्यक कमजोरी सुधार्दै खेल क्षेत्रमा गाउँपालिकालाई अब्बल बनाउनका लागि कोसिस गर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई खेल सफलतापुर्वक सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको बताए । आजबाट सुरु भएको पहिलो खेलमा नेचासल्यान गाउँपालिका १ र नेचासल्यान गाउँपालिका ४ बिच हुँदै छ । त्यस्तै दोस्रो खेलमा आयोजना नेचासल्यान गाउँपालिका र साझा कल्याण कोष बिच हुने छ । तेस्रो खेलमा आयोजक नेचासल्यान गाउँपालिका डि टिम र रिन्जुक एकता समाज भिड्ने छन् । चौथोमा नेचासल्यान गाउपालिका ए र जनजागरण एकता केन्द्र खेल्नेछन् । पाँचौ खेलमा प्राकृतिक मारुनी क्लब र नेचासल्यान गाउँपालिका ३ बिच हुने छ ।

छैटोमा टेक्वान्दो दोजो र चर्च गेतसमनी बिच हुने छ । गोल्डकप बिजेताले २ लाख ६६ हजार ६६६६ रुपैँया, द्धितिय हुनेले १ लाख ६६ हजार ६६६र सान्त्वना हुने दुुई टिमले क्रमश ६६ हजार ६६६६ रुपैयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेचासल्यान गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत हुतराज बास्तोलाले जानकारी दिए ।

नेचासल्यान गाउँपपालिका गाउँ खेलकुद विकास समितिका संयोजक नरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्वमन्त्री केसी, पालिका अध्यक्ष राई, उपाध्यक्ष राई, प्रमुख जिल्ला अधिकारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत लबुन राई, प्रहरी निरिक्षक अनिल मिश्रा, गाउँपालिकाका स्वास्थ्य शाखा शाखा प्रमुख मेघराज शर्मा, गाउँपालिका भित्रका वडाध्यक्षहरु, कार्यापालिका सदस्य, गाउँसभासदस्य, खेलकुद विकास समितिका सदस्य, उद्योगबाणिज्य संघकाका अध्यक्ष हेमराज भट्टराई, युवा परिषद जिल्ला अध्यक्ष सुजन राई लगायत सरोकारवाला र खेलाडीहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार